दाङको बबई गाउँपालिका वडा नं. २ की एकजना युवतीलाई आइसोलेसनमा राखियो

चैत १२, दाङ । दाङको बबई गाउँपालिका वडा नं. २ की एकजना युवतीलाई आइसोलेसन राखिएको छ ।

कतारबाट गएको चैत्र ४ गते नेपाल आईपुगेकी  थिइन । दाङमा ५ गते आइपुगेकी ती युवतीलाई संकास्पद लक्ष्यण देखा परेपछि राप्ती प्रादेशिक अस्पतालमा ल्याएर निगरानीमा राखेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सर्वेश शर्माले जानकारी दिए ।

स्थानिय मानदेब केसीका अनुसार उनी कतार एयरवेजबाट नेपाल आएकी थिईन ।

महिलालाई भोलि बिहिबारनै बेलझुण्डीमा रहेको एक सय वार्डको क्वारेन्टाइनमा राखिने मेसु शर्माले जानकारी दिए । कोरोना भाइरस भए नभएको पत्ता लगाउनका लागि ती महिलाको नमुना परीक्षणका लागि काठमान्डौ भोलीलै पठाइने छ । रिर्पोट आउन ३६ घन्टा समय लाग्ने तिकित्सले जानकारी दिएका छन् ।