यी हुन मनकारी अध्यक्ष जस्ले गर्दैछन निमुखा लाई सहयोग

शिवराज खनाल लमही दाङ चैत्र १४ /देउखुरी उध्योगवाणिज्य संघ का अध्यक्ष रत्न प्रसाद श्रेष्ठले लक डाउनको समयमा कसैलाई समस्या परेमा घरमै पुगेर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

लमहीमा ब्यबसाय गर्दै आएका श्रेष्ठले यो समयमा देउखुरीमा बस्ने कसैलाई दैनिक छाक टार्न मुस्किल परिरहेकालाई खाद्यान्न सहयोग गर्ने जनाएका हुन् । ‘जो कोहि यस्तो समस्यामा हुनुहुन्छ भने 9857840162 सम्पर्क गर्न आग्रह गर्दछु’ भन्दै अहिले सम्म २, ४ सम्पर्कमा आइ सकेको र भोलि नै उनिहरुको घरमा पुगेर सहयोग गर्ने समेत उनले भनेका छन् ।

कोरोनाको संक्रमण फैलन नदिनका लागि सरकारले सबैलाई घरमा बस्न र बाहिर ननिस्कन आग्रह गरिरहेको समयमा दैनिक काम गरी गुजारा चलाउन समस्या हुनेहरुको समस्यामा साथ दिन यस्तो घोषणा गरेको उनले जानकारी गराए ।