विप्लव नेकपा नेतृ बन्धु चन्द १४ महिनापछि रिहा

बैशाख २३, बुटवल । नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाका केन्द्रीय सदस्य बन्धु चन्द झण्डै १४ महिनापछि रिहा भएकी छन् । अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय अध्यक्ष अध्यक्ष समेत रहेकी चन्द मंगलबार कपिलवस्तुको तौलिहवाबाट रिहा भएकी हुन् ।

सरकारले विप्लव नेतृत्वकाे नेकपालाइ प्रतिबन्ध लगाउनु अघि २०७५ फागुन ११ गते उनलाई अछामबाट गिरफ्तार गरेकाे थियाे । त्यसपछि अहिलेसम्म विभिन्न आधा दर्जन भन्दा बढी जिल्लामा प्रहरीले विभिन्न झुटा मुद्दामा घुमाइ रहेकाे थियाे ।

सुरुमा अछाम, बाँके, बर्दिया, कैलाली, पुनः बर्दिया, पुनः बाँके र दाङकाे जेल हिरासतमा प्रहरीले राखिएकाे थियो तर उनलाई यसरी पटकपटक गिरफ्तार गरि जेल हिरासत राखिरहने कुनैपनि प्रमाण नभेटिएको भन्दै पटकपटक जिल्ला प्रशासन कार्यालयहरुले छाेड्ने आदेश दिइराखेकाे भएपनि माथिको आदेश भन्दै प्रहरीकाे टाेलीले गिरफ्तार गरिरहेको थियो ।

यसपटक भने उनलाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपछि कपिलवस्तुबाट रिहा गरिएकाे हाे । चन्द सल्यान दार्मा गाउँपालिकाकाे भल्चाैर निवासी हुन् ।