बागचाैर नगरपालिकाले प्रत्येक वडामा सामुदायीक क्वारेन्टाइन बनाउने

खेमराज सुनार

खेमराज सुनार / जेठ ७, सल्यान । सल्यानकाे बागचाैर नगरपालिकाले प्रत्येक वडामा सामुदायीक क्वारेन्टाइन बनाउने भएकाे छ । बुधबार बागचौर नगरपालिकाको कोरोना रोकथाम तथा नियन्त्रण सम्वनय समितिकाे बसेकाे बैठकले यस्ताे निर्ण गरेकाे हाे ।

भारत लगायत अन्य कुनै पनि ठाउँ बाट ठूलो संख्यामा मान्छेहरु भित्रिने सम्भावनालाई ध्यानमा राखेर सामुदायीक क्वारेन्टाइन बनाउने र त्यसकाे लागि वडामा रहेका सामुदायीक विद्यालय र वनका भवनहरू प्रयाेग गरिने नगरप्रमुख लोकमान बुढाथोकीले बताए ।

त्यस्तै बैठकले डाटा संकलन गर्ने, वडा स्तरीय रोकथाम तथा नियन्त्रण समन्वय समितिको पटक-पटक बैठक बस्ने र आवस्यक कार्य गर्ने निर्णय गरेकाे छ । स्वास्थ्य साखा प्रमुख हारी कठायतले जानकारी दिएका छन्।