दाङका कोरोना संक्रमित भनिएका एक जनाकाे अझै पहिचान खुलेन

जेठ ८, दाङ । स्वास्थ्य मन्त्रालयले दाङका एक जनामा काेराेना संक्रमन भनेर गएको सोमबार पुष्टि गरेपनि उनी दाङ कुन ठाउँका हुन् भनेर अहिलेसम्म खुल्न सकेकाे छैन् । ति संक्रमित कुन आइसोलेसनमा छन् ? कहाँ बस्छन् ? के गर्छन् ? याे सबै अझै पनि केही खुल्न सकेको छैन् ।

दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले विस्तृत जानकारी नआएको उनले बताएका छन् । स्वास्थ्य मन्त्रालयले आफुहरुलाई जानकारी नदिएकाले पनि कुनै जानकारी हुन नसकेको उनको भनाई छ । रिजालका अनुसार उनी काभ्रेको मेघा बैंकमा काम गर्ने गरेको उत्तै हुँदा संक्रमित भएको भन्ने जानकारी आएको भएपनि पूर्ण जानकारी आउन सकेको छैन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले साेमबार पत्रकार व्रिफिङमा दाङका पनि एकजनामा कराेना पुष्टि भएकाे बताएका थिए । मन्त्रालयकाे तथ्याङकमा दाङका ४ जनामा काेराेना पुष्टि छ । जसमा दुईजना दाङ गढवाका हुन् । अन्य दुईजना दाङ घरभएपनि एक जना काठमाडौं बस्दै आएका छन्, भने अर्का एक जना भने कहाँ बस्छन्, भन्ने बिषयमा खुल्न सकेको छैन् ।