काेराेना संक्रमनबाट मृत्यु भएका गुल्मीका शिक्षककाे शव कसरी व्यवस्थापन गरियाे ?

जेठ ९, बुटवल । रुपन्देहीकाे क्रिमसन अस्पतालमा निधन भएका काेराेना संक्रमित शिक्षककाे परिवारको सहमती बिना नै शव उठाइएको छ । बिहिवार उपचारका क्रममा निधन भएका ४१ बर्षिय शिक्षककाे शव स्थानीय प्रशासनले उठाइ ब्यवस्थापन गरेकाे हाे ।

जेठ १ गते उपचारका लागि अस्पतालमा आएका उनकाे बिहिवार बिहान ७:१० मा मृ’त्यु भएकाे अस्पतालले घाेषणा गरेकाे थियाे । तर मृतकका आफन्तले उपचारमा लापरबाहीले मृ’त्यु भएकाे भन्दै शव ब्यवस्थापनमा सहमति नदिएका कारण अस्पतालकाे आईसियुमै शव रहेको थियााे ।

जेठ ८ गते मृत्यु भएका शिक्षककाे मृत्यु हुनु अघि जेठ ७ गते नै अस्पतालका जिम्मेवार व्यक्ती र स्थानीय जनप्रतिनिधिले नै जिउँदाे मान्छेकाे मृत्यु भयाे भनेर संचारमाध्यामलाइ नै सुचना दिएका थिए ।

बुधबार मृत्यु भएका उनकाे शव शुक्रबार दिउँसाे २ बजे स्थानीय प्रशासनले शव ब्यवस्थापन कार्यबिधी अनुसार ब्यवस्थापन गर्ने गरि नेपाल प्रहरी र नेपाली सेनाकाे टाेलीले अस्पतालबाट सव लगेर ब्यवस्थापन गरेको हो।


फाेटाे फाइल

मृतककाे सव कहाँ ब्यवस्थापन गर्नेे भन्ने बिषयमा समेत बिवाद बढदा केहि समय अन्याैलता बढेको थियो । परिवारले धार्मिक परम्परा जलाउनु पर्ने माग राखेपनि प्रशासनले वनमा लगेर गाडेकाे हाे ।

मृतकको शव तिलाेत्तमा नगरपालिकाकाे वडा नं ३ स्थित मगरघाटमा ब्यवस्थापन गर्ने प्रयत्नमा गरेपनि स्थानीयले असहमति जनाएका कारण फेरी तिलाेत्तमा कै वडा नं १४ अमुवा पुल नजिक ब्यवस्थापन गर्न खाेजिए पनि त्यहा पनि सफल हुन सकेन् ।

त्यसपछि बुटवल धागो कारखानाको पूर्व तर्फको वन क्षेत्रमा ब्यवस्थापन गरिएकाे छ । अस्पतालबाट २९ जनाको स्वाब परिक्षणका लगिएका शिक्षकका आफन्त, चिकित्सक, कर्मचारी सबैको रिपोट नेगेटिभ आएको छ ।