आज फेरि तिमी एकाएक सम्झनामा आयौ

केहि छन् डढेका जस्ता, केहि छन् उडेका जस्ता
केही सपना खरानी छन्, बाँकी छन् धुँवा जस्ता ।

ऐनाभित्रका मान्छेहरु नयाँ बन्न खोज्छन्त
र देखिन्छन् सधैँभरि पुराना जस्ता ।

आज फेरि तिमी एकाएक सम्झनामा आयौ
उनका आँखा रहेछन् ठ्याक्कै तिम्रा जस्ता ।

यी मान्छेहरुसँग म पटकपटक झुक्किन्छु
जीवितै छन् या गर्छन् अभिनय ज्युँदा जस्ता ।

प्रकाशित मिती २०७७ जेठ ९ गते