• २०७७ फाल्गुन १८ गते मङ्गलवार
  • Preeti To Unicode

हाम्राे बारेमा

आजको दुनिया संचारको दुनिया भइसकेको छ । परेवाको संचार युगदेखी इमेल इन्टरनेटसम्म आइपुग्दा संचार जगतले निकै फड्को मारेको छ । साथै विकसित संचारको दुनियामा सिङ्गो विश्व एउटा गाउँजस्तो बनेको छ भने विश्व समुदायको घटना जानकारी एउटा सानो इन्टरनेटको पहुँचबाट क्षणभरमै विश्व बजारमा प्रभाव पार्ने अवस्थामा पुगेको छ । संचारका विभिन्न माध्यामहरुमध्ये पछिल्लो समय पत्रपत्रिका, रेडियो, टेलिभिजन हुँदै ‘छिटो र प्रभावकारी मिडिया’को रुपमा परिचित अनलाइन मिडिया निकै लोकप्रिय बनेको छ ।

त्यसकै बिचमा हामिले २०७४ मंसिर २ गतेदेखि नेपालका विभिन्न अनलाइन मिडियाहरुको विचमा पृथक उदेश्य बोकेर मोफसलका मिडियालाई राष्ट्रिय एबम अन्तर्राष्ट्रय स्तरमा पुर्याउने र संचारको दुनियामा पाठकलाई सत्य तथ्य समाचार पुर्याउने उदेश्यका साथ www.lekalionline.com डोमिन लिएर समाचार पोर्टल अनलाइन संचालन गरिरहेका छौ । लेकबेशी मिडिया ग्रुप प्रालिबाट सुचना विभागको ९२०/०७५–७६ नम्बरमा लेकाली अनलाइन दर्ता छ ।

सल्यान जिल्लाबाट संचालित यस अनलाइन मोफसलको तुलनामा पश्चिम नेपालको साविकको मध्य र सुदुरपश्चिम विकास क्षेत्रमा धेरै पाठकले पढ्ने अनलाइन हो । दैनिक ४० हजार भन्दा धेरै पाठकले खोल्ने यस अनलाइन पश्चिम नेपालमै सबैभन्दा धेरै स्थानीय समाचार प्रकाशित गर्नेमध्ये पहिलो नम्बरमा पर्दछ । यस अनलाइनले देश तथा विदेशका समाचारहरुलाई पनि राम्रो प्राथामिकतामा राखेको छ । लेकाली अनलाइनले समाचारलाई शब्दमा मात्रै नभएर भिडियो रिपोर्ट बनाएर लेकाली अनलाइनको युटुब तथा फेसबुकमा पनि प्रशारण गर्ने गर्दछ ।

आफ्नै कन्ट्यानको समाचार लेख्ने लेकाली अनलाइनले गलत कामको विषेश निगरानी गरेर खबरदारी गर्ने गर्दछ । तथ्यमा आधारित रहेर सत्यको खोजी गरि विश्वसनीयताको समाचार लेख्ने लेकाली अनलाइनको मुख्य लक्ष्य हो । गलत कामको भण्डाफोर गरेर त्यसको अन्त्यगरी सत्यको बाटोमा लगाउने प्रकाशित समाचारको परिणाम खोज्ने लेकाली अनलाइनको उद्देश्य रहेको छ । समसामयिक बिषयमा विश्लेषण र बिभिन्न आम सरोकारका सन्दर्भमा तथ्यपरक कलम चलाउने हाम्रो निरन्तरको प्रयासलाई दैनिक हजारौं पाठकहरुले चासोपूर्वक हेर्दै आएका छन् ।