२०८३ असार ३ गते बुधवार | 2026 June 17th Wednesday

सल्यानमा उत्कृष्ट ३ कृषक पुरस्कृत

सल्यान ।

सल्यानमा उत्कृष्ट ३ जना पशुपालक कृषक पुरस्कृत भएका छन् । जिल्ला स्तरिय मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम अन्तर्गत पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानले जिल्ला भित्रबाट ३ जना उत्कृष्ट पशुपालक कृषकलाइ छनाेट गरेर पुरस्कृत गरेकाे हाे ।

प्रथम स्थान प्राप्त गरि सम्मान हुनेमा बागचाैर नगरपालिका १ ठिनबाङ निवासी बाख्रा फर्म संचालन गरिरहेका कृषक कैलाश केसी रहेका छन् । उनलाइ ३० हजार नगद सहित प्रमाणपत्रले सम्मान गरिएकाे हाे ।

त्यसैगरी दाेस्राे स्थानमा बनगाड कुपिण्डे नगरपालिका १ निवासी भैंसी पालन व्यवसायी गरिरहेका दिप बहादुर बस्नेतलाइ २५ हजार नगद सहित सम्मान गरिएकाे हाे भने तेस्राे स्थानमा बनगाड कुपिण्डे नगरपालिका ८ निवासी बाख्रा पालन व्यवसायी गरिरहेका भुपेन्द्र पुनलाइ २० हजार सहित सम्मान गरिएकाे छ ।

पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानको आयोजनामा बिहिबार बरलामा भएकाे वर्डफ्लु तथा जुनोटिक रोगसम्बन्धी सरोकारवालाहरूबीच अन्तरक्रिया कार्यक्रमकाे अवसरमा उनिहरुलाइ सम्मान गरिएकाे हाे ।

कार्यक्रममा वर्डफ्लु, इकाइनोकोकक्स, रेबिज लगायत जुनोटिक रोगहरूकाे बारेमा अन्तरक्रिया गरिएकाे थियाे । पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख गोबिन्द बहादुर महतले ति राेगहरु फैलिने अवस्था बच्ने उपायबारे कार्यक्रममा प्रस्तुतीकरण गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी साबित्रा पुनकाे अध्यक्षतामा भएकाे कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बेलाराम रावल, निराजन मावि ढाेरचाैरका प्रधानध्यापक धर्मराज घर्ती, सल्यान उद्याेग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष राजेन्द्र भण्डारी, ढाकाडम महिला साना किसान दार्माका प्रमुख सुरेन्द्र प्रकाश केसी लगायतले आफ्नाे भनाइ राखेका थिए ।

पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका कर्मचारी शर्मिला बुढाथाेकीकाे स्वागत मन्तव्यबाट सुरुकाे भएकाे कार्यक्रमकाे सहजिकरण याेजना शाखा प्रमुख विरेन्द्र केसीले गरेका थिए ।

प्रकाशित मिति : २०८१ चैत्र १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस