सन्ध्याकालीन धारापानी (फोटो फिचर)
दाङकाे धारापानीमा रहेकाे पाण्डवेश्वर महादेव मन्दिर नेपालकाे एक प्रमुख धार्मिक तथा पर्यटकीय स्थल हाे । यहाँ विश्वकै सबैभन्दा अग्लो त्रिशूल स्थापना गरिएको छ, जसको उचाइ ८१ फिट रहेको छ । यो मन्दिर पौराणिक कालमा पाण्डवहरूले गुप्तवासको क्रममा स्थापना गरेको जनविश्वास रहेको छ ।
मन्दिर परिसरमा रहेको ठूलो त्रिशूलले टाढैबाट पर्यटकहरूको ध्यान खिच्छ । महाशिवरात्रिको अवसरमा यहाँ विशेष मेला लाग्ने गर्छ, जहाँ नेपाल र भारतबाट हजारौँ श्रद्धालुहरू आउने गर्छन् । यहाँका प्राकृतिक दृश्यहरू, शान्त वातावरण, र धार्मिक मान्यताहरूले यसलाई एक अद्वितीय स्थान बनाएका छन् ।





प्रकाशित मिति : २०८३ साउन २७ गते बुधवार