लोपोन्मुख काठको ठेकी जोगाउँदै कालिगडहरू
नेपाली मौलिक पहिचानसँग जोडिएको काठको ठेकी विशेष गरी दही राख्न र मोही पार्न प्रयोग गरिन्छ। बहुउपयोगी यो भाँडो गिठोको काठबाट निर्माण गरिन्छ।
पछिल्लो समय आधुनिक प्लास्टिक तथा धातुका भाँडाकुँडाको बढ्दो प्रयोगसँगै यो परम्परागत भाँडो लोप हुँदै गएको छ। पहिले-पहिले गाउँघरमा प्रशस्तै देखिने ठेकी अहिले बिरलै मात्र पाइन थालेको छ। त्यसैले हाम्रा यी मौलिक परम्परा, संस्कृति र सिपको संरक्षण गर्नु हामी सबैको दायित्व हो।
तस्वीरमा: रुकुमबाट आएका चुँदारा कालिगडहरू सल्यानको बागचौर नगरपालिका-६ मा हाते औजार र परम्परागत प्रविधि प्रयोग गरी ठेकी बनाउँदै।







प्रकाशित मिति : २०८३ साउन २७ गते बुधवार