२०८३ साउन २७ गते बुधवार | 2026 August 12th Wednesday

ओझेलमा पर्दै हाम्रा परम्परागत सामग्री र ग्रामीण जीवनशैली

आधुनिक प्रविधि र बजारिया सामानको तीव्र विस्तारसँगै नेपाली गाउँघरका मौलिक सामग्री तथा परम्परागत जीवनशैली विस्तारै ओझेलमा पर्न थालेका छन्। कुनै समय हरेक नेपाली घरको अभिन्न अङ्ग बनेका ढिकी-जाँतो, बाँस-चोयाका भाँडाकुँडा, मट्टितेलको दियालो/पानस र घरेलु औजारहरू अहिले भने इतिहासजस्तै बन्दै गएका छन्।

यी मौलिक सामग्रीहरू केवल प्रयोगका साधन मात्र थिएनन्, हाम्रा पुर्खाको सीप, कला, आत्मनिर्भरता र पहिचानका प्रतीक पनि थिए। प्राकृतिक स्रोत र स्थानीय कच्चा पदार्थको प्रयोग गरी बनाइने यस्ता वस्तुहरू पर्यावरणमैत्री हुनुका साथै नेपाली मौलिक संस्कृतिका जीवनरेखा थिए। आधुनिकताको हावाले गाउँघर छेड्दै जाँदा यी ऐतिहासिक कला र परम्परालाई जोगाउनु आजको मुख्य चुनौती बनेको छ।

प्रकाशित मिति : २०८३ साउन २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस