२०८३ असोज १३ गते मङ्गलवार | 2026 September 29th Tuesday

नेपाल पुनः पर्यो सम्पत्ति शुद्धीकरणको  ‘ग्रे लिस्ट’ मा

काठमान्डौं, १० फागुन  ।  एसिया प्यासिफिक ग्रुपमा ए.पी.जी. को पारस्परिक मूल्यांकन प्रतिवेदन एम.ई.आर. ले दिएका सुझाव कार्यान्वयनमा अपेक्षित प्रगति नभएपछि  ‘नेपाल ग्रे’  लिस्टमा परेको हो । नेपाल दोस्रोपटक सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा लगानी सम्बन्धी ग्रे लिस्टमा परेको छ ।

फ्रान्सको पेरिसमा सम्पन्न फाइनान्सियल एक्सन टास्क फोर्सको प्लेनरी तथा वर्किङ ग्रुप बैठकले नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतंकबादी लगानीको जोखिम पूर्ण सूची ग्रे लिस्टमा राखेको एक सरकारी अधिकारीले  जानकारी दिनु भएको हो ।

दुई वर्षअघि एफ.ए.टी.एफ.को एसिया प्यासिफिक ग्रुपको पारस्परिक मूल्यांकन प्रतिवेदनले दिएका सुझाव कार्यान्वयनमा अपेक्षित प्रगति नभएपछि नेपाल ‘ ग्रे लिस्ट’ मा परेको अधिकारीको भनाइ रहेको छ । एफ.ए.टी.एफ. सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधमा लगानी रोक्न संसारभरका मुलुकहरुले खडा गरेको अन्तर सरकारी निकाय हो । यसले सम्पत्ति शुद्धीकरणको जोखिममा रहेका मुलुकलाई ब्ल्याक लिस्ट तथा ग्रे लिस्टमा राख्दै आएको छ । 

प्रकाशित मिति : २०८१ फाल्गुन १० गते शनिवार
प्रतिक्रिया दिनुहोस