२०८२ चैत्र १ गते आइतवार | 2026 March 15th Sunday

’मिलेनियम च्यालेन्ज कर्पोरेशन’ एम.सी.सी. ले नेपाल कम्प्याक्टको कार्यान्वयनलाई निरन्तरता दिने

काठमान्डौं, १८ असार । अमेरिकी सहयोग नियोग ’मिलेनियम च्यालेन्ज कर्पोरेशन’ एम.सी.सी. ले नेपाल कम्प्याक्टको कार्यान्वयनलाई निरन्तरता दिने निर्णय गरेको छ । ’मिलेनियम च्यालेन्ज एकाउन्ट’ एम.सी.ए.नेपालले आज एक विज्ञप्ति निकालेर निर्णयको भव्य स्वागत गरेको छ । विज्ञप्तिमा अमेरिकी वैदेशिक सहयोगमा लगाइएको स्थागनका सन्दर्भमा विशेष छुट अन्तर्गत एम.सी.सी. नेपाल कम्प्याक्टको कार्यान्वयनलाई निरन्तरता दिनका लागि अनुमति दिने सम्बन्धमा अमेरिकी सरकारबाट भएको निर्णयको एम.सी.ए.नेपालले स्वागत गरेको उल्लेख हो । तर यो निर्णय कुन मितिमा भयो भन्नेबारेमा एम.सी.ए. नेपालले खुलाएको छैन । यसैबिच, एम.सी.ए.नेपालले २ सय ९७ किलोमिटर विद्युत् प्रसारण लाइन निर्माण तथा सडक मर्मत लगायतका कार्यसम्बन्धी खरिद प्रक्रिया सम्पन्न गर्ने सहितका कम्प्याक्ट क्रियाकलाप कार्यान्वयन गर्न एम.सी.सी.सँग नजिक भएर काम गरिरहेको छ ।

प्रकाशित मिति : २०८२ असार १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस