२०८३ असोज २२ गते बिहिवार | 2026 October 8th Thursday

‘मिटू’ डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न चिनियाँ नागरिक सहित ५२ जना पक्राउ

काठमान्डौं, १८ असार ।  गैरकानूनी रूपमा डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न ६ जना चिनियाँ नागरिक सहित ५२ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूले ललितपुर महानगरपालिका ४ दमकल चोकमा रहेको एउटा घर भाडामा लिएर ‘सोसल सफ्टवेयर डेलभपमेन्ट कम्पनी प्रा.लि.’ दर्ता गरी गैरकानूनी रूपमा कल सेन्टर तथा ‘मिटू’ डेटिङ एप सञ्चालन गर्दै आएका थिए ।

यस्तै उनीहरूले कम्पनीको शाखाका रूपमा काठमान्डौ महानगरपालिका १३ चागलमा एउटा घर भाडामा लिएर नेपाली युवतीहरूलाई प्रलोभनमा पारी डेटिङ एपमार्फत अनलाइन डेटिङ स्काम तथा क्रिप्टो कारोबार गर्ने गरेका प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सी.आई.बी. ले जनाएको हो । यसैबिच, उनीहरूको साथबाट स्रोत नखुलेको १३ लाख ९९ हजार ९ सय ५० रुपैयाँ बरामद गरेको सी.आई.बी.का प्रवक्ता युवराज खड्काले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८२ असार १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस