२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

सल्यानमा २ महिनामा ३१ सवारी दुर्घटना, ७ जनाको मृत्यु

सल्यान ।

सल्यानमा पछिल्लो दुई महिनाको अवधिमा ३१ सवारी दुर्घटना भएका छन् । जसमा ७ जनाको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका अनुसार साउन र भदौ महिनामा गरी जिल्लाका विभिन्न स्थानमा ३१ वटा सवारी दुर्घटना भएका हुन् । भदौ महिनामा भएका दुर्घटनामा ७ जनाको मृत्यु भएको र ३० जना घाइते भएकाे जिल्ला ट्राफिक प्रमुख प्रहरी नायव निरीक्षक जयराम घर्तीले बताए । उनका अनुसार साउन महिनामा भएका सवारी दुर्घटनामा १९ जना घाइते भएका छन् ।

दुई महिनाको अवधिमा सबैभन्दा धेरै मोटरसाइकल दुर्घटसल्यानमा दुई महिनामै ३१ सवारी दुर्घटना, ७ जनाको मृत्यु, ४९ घाइते भएका छन् ।

प्रहरीको तथ्यांक अनुसार १७ वटा मोटरसाइकल, ५ वटा जिपरकार, ४ वटा अटो, २ वटा फोर्स गाडी, २ वटा ट्रक र एउटा स्काभेटर दुर्घटनामा परेका छन् ।

प्रकाशित मिति : २०८३ असोज ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस