२०८३ असोज १५ गते बिहिवार | 2026 October 1st Thursday

अपाङ्गता भएका व्यक्तिहरुको पैरवी बारेमा छत्रेश्वरी गाउँपालिकामा अन्तरक्रिया

सल्यान ।

अपाङ्गता भएका व्यक्तिहरुको समावेशी तथा पहुँचयुक्त सशक्तिकरणका लागि छत्रेश्वरी गाउँपालिकामा “स्वावलम्बन समूह मार्फत स्थानीय तहमा पैरवी कार्यक्रम” सम्पन्न भएको छ।

गाउँपालिकाकी उपाध्यक्ष बुद्धा कुमारी खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकी प्रमुख अतिथि र प्रमुख प्रशासकीय अधिकृत दिपक बुढाथोकी विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूको हक-अधिकार, समावेशीकरण र स्थानीय तहमा उनीहरूको प्रभावकारी पैरवीबारे विस्तृत प्रस्तुतिकरण तथा छलफल गरिएको थियो। कार्यक्रममा सिएमसी नेपालका मनोपरामर्श तथा वकालत अधिकृत सुर्य प्रसाद भट्टराईले सहजीकरण तथा प्रस्तुतिकरण गरेका थिए ।

छत्रेश्वरी गाउँपालिकाको समन्वय, सेन्टर फर मेन्टल हेल्थ एण्ड काउन्सिलिङ – नेपाल (सिएमसी-नेपाल) को आयोजना र फेल्मको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो।

प्रकाशित मिति : २०८३ भाद्र ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस