२०८३ जेष्ठ ११ गते सोमवार | 2026 May 25th Monday

जुगल नव गुरुकुललाई ‘आइएसओ’ सर्टिफिकेट

काठमाण्डौँ, २२ फागुन ।   बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको जुगल नव गुरुकुलले “ISO” सर्टिफिकेट प्राप्त गरेको छ। बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यता र विद्यालय संचालक समितीका अध्यक्ष डोर प्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा  उक्त सर्टिफिकेट हस्तान्तरण गरिएको हो ।

एभरेस्ट इन्टरनेशनल म्यानेजमेन्छ कन्सल्टेन्सी एन्ड ट्रेनिङ एजेन्सी प्रा.लि.को सहकार्यमा शैक्षिक सुधार र विकासका लागि गरिएका पहलका आधारमा सो विद्यालयले  “ISO” सर्टिफिकेट प्राप्त गरेको हो ।

बुढानिलकण्ठ नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख ललित विक्रम सिंह, वडा नं १० का अध्यक्ष तथा नगर प्रवक्ता नवराज भट्टराई सहित विद्यालयका संचालक तथा अभिभावकहरुको उपस्थितिमा भएको प्रमाण पत्र हस्तान्तरण कार्यक्रममा विद्यार्थीहरुको सांगीतिक प्रस्तुति समेत रहेको थियो । कार्यक्रम माथि प्रकास पार्दै स्वागत मन्तव्य राखेको सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रुपक लामिछानेले जुगल नवगुरुकुल करिव १० रोपनी क्षेत्रफलमा पूर्ण शैक्षिक र भौतिक पूर्वाधार सम्पन्न भएकोले अब प्राज्ञिक सुधारमा ध्यान दिने बताउनु भएको थियो ।

प्रकाशित मिति : २०८१ फाल्गुन २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस