२०८३ भाद्र २ गते मङ्गलवार | 2026 August 18th Tuesday

चारदेशीय टी-२०आई प्रतियोगिताका लागि अन्तिम टोली सार्वजनिक, सन्दीप लामिछाने र अनिल शाह छैनन्

काठमाण्डौँ, २३ चैत्र । नेपाल क्रिकेट संघ (क्यान) ले यही अप्रिल ९ देखि १३ सम्म हङकङ चाइना को आयोजनामा हुने चार देशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको अन्तिम टोली सार्वजनिक गरेको छ।

क्यानले रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो । प्रतियोगितामा नेपालसहित आयोजक हङकङ, कुवेत र कतार सहभागी हुनेछन् । टोलीमा कप्तान रोहितसँगै दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ सेख, सोमपाल कामी, ललित राजवंशी, कुशल मल्ल, करण के।सी, बसिर अहमद, साहब आलम, नन्दन यादव, रिजन ढकाल, गुलशन कुमार झा र लोकेश बम छन् ।

नन्दन पहिलोपटक राष्ट्रिय टोलीमा परेका हुन् भने बसिर र साहब दुवै सन् २०२२ पछि पहिलोपटक टी-२०आई टोलीमा फर्किएका हुन् । चार देशीय यो प्रतियोगिता नेपालका लागि आगामी टी–२० विश्वकपको तयारीको दृष्टिकोणले समेत महत्वपूर्ण मानिएको छ। टोलीमा सन्दीप लामिछाने र अनिल शाह भने छैनन् । सन्दीप शल्यक्रियापछि रिकभर गरिरहेका छन् भने अनिल चोटका कारण टोलीबाहिर छन् ।

प्रकाशित मिति : २०८१ चैत्र २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस