सल्यानमा १ लाख ११ हजार रासीकाे फुटबल प्रतियाेगीता हुँदै
सल्यान ।
सल्यानमा पहिलो श्रीनगर गोल्ड कप २०२५ आयोजना हुन लागेकाे छ । श्रीनगर वाेइर्डको आयोजनामा आगामी असाेज २९ गतेदेखि शारदा नगरपालिका २ खलंगा लुहापिङ मैदानमा फुटबल प्रतियाेगीता हुन लागेकाे हाे ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ हुने खुल्ला प्रतियोगिताकाे तयारी थालिएकाे खेल संयाेजक सुशान्त भण्डारीले बताए ।
उनका अनुसार प्रतियोगितामा प्रथम पुरस्कारकाे रासी १ लाख ११ हजार १ सय ११ रुपैयाँ राखिएकाे छ । यस्तै द्वितीय पुरस्कार ५५ हजार ५ सय ५५ रुपैयाँ नगद सहित मेडल र प्रमाणपत्र राखिएकाे छ । विभिन्न पुरस्कारहरूमा उत्कृष्ट खेलाडी, गाेल रक्षाक, हाई स्कोरर, राइजिङ प्लेयर र म्यान अफ द म्याच पनि प्रदान गरिने आयाेजक क्लव श्रीनगर वाेइर्डका अर्जुन केसीले बताए ।
टीम दर्ताका लागि ७ हजार ७ सय ७७ रुपैयाँ शुल्क राखिएकाे छ । टीम दर्ता असाेज २८ गते दिउँसाे ४ बजेसम्म गर्न सकिने र खेल असाेज २९ गते दिउसाे १ बजेबाट हुने बताइएकाे छ ।
