२०८२ फाल्गुन २७ गते बुधवार | 2026 March 11th Wednesday

पीएम कप एनभीए भलिबल आजदेखि पोखरामा

काठमाण्डौँ, ८ जेठ । नवौं संस्करणको प्रधानमन्त्री कप ‘एनभीए महिला तथा पुरुष भलिबल क्लब लिग’ आजदेखि पोखरामा शुरू हुँदैछ ।नेपाल भलिबल क्लब (एनभीए) को आयोजनामा प्रतियोगिताको आज उद्घाटन भएको छ ।

प्रतियोगितामा पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश भलिबल सङ्घ, सुदूरपश्चिम प्रदेश र मणिमुकुन्द भलिबल क्लब गरी ८ वटा टिम सहभागी छन् ।

यस्तै महिलातर्फ एपीएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस, न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब, एभरेस्ट भलिबल क्लब र कर्णाली प्रदेश गरी ६ वटा टिम सहभागी छन् । प्रतियोगितामा दुवैतर्फका विजेताले आठ लाख, उपविजेताले चार लाख र तेस्रो हुने टोलीले दुई लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : २०८२ जेष्ठ ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस