“विशिष्ट साधक सम्मान २०८२” बाट ३ श्रष्टा सर्जक सम्मान गरिदै
काठमान्डौ, २२ कार्तिक । राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठान (NCPA) को आज सम्पन्न नियमित कार्यसमिति बैठकले नेपाली कला, संस्कृति र संगीत क्षेत्रमा अतुलनीय योगदान पुर्याउँदै आएका तिन जना बिशिष्ट श्रष्टा सर्जकहरुलाई “बिशिष्ट साधक सम्मान–२०८२” बाट सम्मान गर्ने निर्णय गरेको छ ।
सम्मानित हुने बिशिष्ट श्रष्टा सर्जकहरू:
१. बरिष्ठ नृत्य निर्देशक तथा प्रशिक्षक – भैरब बहादुर थापा
२. बरिष्ठ लोक गायिका तथा संकलक – चन्द्रकला शाह
३. बरिष्ठ लोक गायक तथा लोक संकलक – रेशम थापा
यो सम्मान कार्यक्रम मिति २०८२ साल मंसिर ६ गते, शनिवार सम्बन्धित श्रष्टाहरूको निवासमै पुगेर दोसल्ला, सम्मानपत्र र नगद रु. ५५५५/- सहित गरिनेछ । राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले नेपाली कला, संस्कृति र मौलिक लोक परम्पराको संरक्षण र प्रवर्द्धनमा जीवन समर्पण गर्ने साधकहरूलाई निरन्तर सम्मान गर्दै आइरहेको छ। यस वर्षको “बिशिष्ट साधक सम्मान” पनि त्यही गौरवशाली परम्पराको निरन्तरता हो ।