काठमाडौंमा गुन्जियो सल्यानको साहित्य
सल्यान
“झन झन घाउ बलझिन्छ सुक्नुको साटो,
कर्णाली पुग्दा म्याद कटेछ दवाइको पनि !
यहि सेर बाट सुरु भएको सल्यान तेस्रो शृङ्खला ‘विरहि साँझ’ गजल कार्यक्रम शनिबार काठमाडौंमा सम्पन्न भएको छ ।
सल्यान कला साहित्य परिषद्को आयोजनामा काठमाडौंको म्याग्दी रोधिघरमा भएको ‘विरहि साँझ’मा गजलकार सुनिल राणा ‘विरही’ ले थुप्रै गजल प्रस्तुत गरेका थिए ।
राना सँगै अन्य साहित्यकारहरुले पनि कार्यक्रममा प्रस्तुति राखेका थिए । साहित्यकार तथा वरिष्ठ अधिवक्ता मनोहर लामिछानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल काँग्रेस सल्यान प्रदेश सभा (क) का सभापति सुरेश चन्द, छत्रेश्वरी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडा अध्यक्ष फौद बहादुर बस्नेत,
महिलाअधिकारकर्मी मिना स्वर्णकार, सहयात्री फिल्मस प्रालिका प्रमुख एकराज थापा, पत्रकार महासंघ सल्यानका कोषाध्यक्ष खकेन्द्र केसी लगायतको उपस्थिति रहेको थियो ।
परिषद्का संस्थापक लोकेश जलनको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सुस्मा रावतले गरकी थिइन् भने विरही साँझ प्रस्तुतिको सहजीकरण सल्यान कला साहित्य परिषदका कोषाध्यक्ष जीवन जलनले गरेका थिए ।
संयोजक लोकेश जलनले यस्ता खालका कार्यक्रमहरुलाई अझै नियमित गर्ने बताए । यसअघि पनि पहिलो र दोस्रो श्रृङखला गरिसेको र सल्यानको साहित्यिक उत्थानका लागि जिल्ला र जिल्ला बाहिर थप नयाँ कार्यहरु गरिने उनले बताए ।