२०८२ चैत्र ३० गते सोमवार | 2026 April 13th Monday

काठमाडौंमा सल्यान तेस्रो शृङ्खला ‘विरही साँझ’ हुँदै

सल्यान

सल्यान कला साहित्य परिषद्को आयोजनामा काठमाडौंमा सल्यान तेस्रो शृङ्खला ‘विरहि साँझ’ हुन लागेको छ ।

शनिबार सल्यान काठमाडौंको मित्रनगर स्थित म्याग्दी रोधिघरमा सल्यान तेस्रो शृङ्खला ‘विरहि साँझ’ हुने परिषद्का संस्थापक लोकेश जलनले बताए । उनका अनुसार परिषद्ले अघिल्ला वर्षहरुमा पहिलो र दोस्रो शृङ्खला पनि सम्पन्न गरिसकेको थियो ।

त्यसैको निरन्तरता अनुसार यो पटक तेस्रो शृङ्खला हुन लागेको हो । यो शृङ्खलामा गजलकार सुनिल राना ‘विरही’ ले आफ्नो साहित्यिक प्रस्तुति राख्ने परिषद्का अध्यक्ष भरत रोकायले बताए । त्यहि भएर तेस्रो शृङ्खलालाई विरही साँझ भनिएको हो ।

कार्यक्रम दिउँसो २ बजे पछिबाट हुनेछ ।

प्रकाशित मिति : २०८२ भाद्र १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस