२०८३ कार्तिक १ गते शनिवार | 2026 October 17th Saturday

राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको “बिशिष्ट साधक सम्मान”२०८२ सम्पन्न

काठमान्डौ, ६ मंसिर । आजीवन ललितकलाका बिबिध क्षेत्रमा समर्पित रहेर राष्ट्रलाई कला र संगीतको माध्यमबाट बिशिष्ट योगदान पुर्याउनुभएका ३ जना बिशिष्ट साधकहरुलाई “विशिष्ट साधक सम्मान-२०८२” प्रदान गरिएको छ।

राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले आयोजना गरेको उक्त सम्मानबाट वरिष्ठ नृत्य निर्देशक एवं लोक नृत्य मन्चनका प्रवर्तक भैरव बहादुर थापा,वरिष्ठ गायीका एवं साहित्यकार चन्द्रकला शाह,र वरिष्ठ लोक गायक तथा संकलक रेशम थापा सम्मानित हुनुभएकोहो संस्थाको स्थापनाकालसँगै प्रदान गरिंदै आएको विशिष्ट साधक सम्मानको यो तेस्रो संस्करण हो।

पहिलो संस्करण २०८० मा विशिष्ट साधक सम्मानबाट खड्ग गर्बुजा,चैत्य देवी र शशी बिक्रम शाह सम्मानित हुनुभएकोथियो भने २०८१ मा भैरव रिसाल,माणिकरत्न स्थापित र प्रदिप कुमार उपाध्याय सम्मानित हुनुभएको थियो।पुरस्कार राशीमा ५५५५/ नगद दोशल्ला र सम्मानपत्र रहेको छ। पुरस्कृत एवं सम्मानित श्रष्टाहरुले आफ्नो मन्तव्य राख्दै श्रष्टाहरुको निवासमै पुगेर गरिने यो प्रकारको सम्मान नौलो र बिशेस एवं तारिफयोग्य रहेको बताउनुभयो।

कार्यक्रममा संस्थाका सल्लाहकार रमेश दहाल, वरिष्ठ संगीतकार एवं गायक कमल अधिकारी, संस्थाका अध्यक्ष नारायण बहादुर थापा,बरिष्ठ उपाध्यक्ष दिपक शर्मा, उपाध्यक्ष सुजाता केसी,महासचिव सनम कठायत, सचिव रिता केसी,कोषाध्यक्ष प्रतिक्षा काफ्ले,सदस्यहरु बिरेन्द्र भाट “बिपिन”, मनोज परियार, डेभिड शंकर, सुभाष तिम्सिना,कोपिला सिवाकोटी,प्रमोद डिजी र बिक्रान्त आचार्य लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २०८२ मङ्सिर ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस