२०८२ फाल्गुन २४ गते आइतवार | 2026 March 8th Sunday

आईपीएल क्रिकेटको फाइनल खेल आज, कसले मार्ला बाजी ?

काठमाण्डौँ, २० जेठ । इन्डियन प्रिमियर लिग (आइपीएल)  को उपाधिका लागि आज रोयल च्यालेन्जर्स बेङ्लुरु र पञ्जाव किंग्स प्रतिस्पर्धा गर्दैछन् । दुवै टोली पहिलो पटक च्याम्पियन बन्ने लक्ष्यमा छन् । यसैले यस पटक नयाँ टोलीले आइपीएल जित्ने पक्का भइसकेको छ ।अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा नेपाली समय अनुसार राति ७ः४५ देखि खेल सुरु हुनेछ ।

बेङ्लुरुले पहिलो क्वालिफायरमा पञ्जावलाई नै हराउँदै फाइनल यात्रा तय गरेको थियो । पञ्जावले दोस्रो क्वालिफायरमा मुम्बई इन्डियन्सविरुद्ध जित निकाल्दै बेङ्लुरुसँगको उपाधि भिडन्त पक्का गरेको थियो । बेङ्लुरु चौथो तथा पञ्जाव दोस्रो पटक फाइनल खेल्दैछन् ।  यो सिजन लिग चरणमा भएको भेटमा पञ्जाव पाँच तथा बेङ्लुरु सात विकेटले विजयी भएका थिए ।

प्रकाशित मिति : २०८२ जेष्ठ २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस