२०८२ फाल्गुन २४ गते आइतवार | 2026 March 8th Sunday

म्यान्मारका अधिकारीहरू सुकीको बङ्गला लिलामीमा चौथो पटक भए असफल

काठमान्डौं, १६ वैशाख । म्यान्मारका अधिकारीहरू आङ सान सुकीको तालको किनारको बङ्गला लिलामी गर्न असफल भएका छन् ।जेलमा रहनु भएकी नोबेल शान्ति पुरस्कार विजेता सुकीको सम्पत्ति बिक्रीले चौथो पटक कुनै बोली कर्तालाई आकर्षित गर्न नसकेको हो ।

अदालतले नियुक्त गरेको लिलामीकर्ताले याङ्गुनको लिफी युनिभर्सिटी रोडमा फैलिएको दुई तले भवनको पुरानो गेटबाट बाहिर निस्किएर यसलाई १२ करोड ८० लाख डलरको प्रारम्भिक मूल्यमा प्रस्ताव राखेका थिए ।

पत्रकारहरूको समूह र दर्जनभन्दा बढी प्रहरीको निगरानीमा लिलामीकर्ताले तीन पटक बोलीकर्ताहरूका लागि सोधे र अन्त्यमा लिलामी सफल नभएको घोषणा गरेका थिए । सुकी सन् २०२१ को सैनिक कूद्वारा अपदस्थ भएदेखि जेलमा रहनु भएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस