२०८३ भाद्र २६ गते शुक्रवार | 2026 September 11th Friday

’इन साइट अफ लाइभ २०३०’ अन्तर्राष्ट्रिय सम्मेलन शुरू

काठमान्डौं, १७ वैशाख । विश्वका आँखा सेवा प्रदायक संस्थाहरूको अन्तर्राष्ट्रिय सम्मेलन काठमान्डौंमा शुरू भएको छ । इन्टरनेशनल एजेन्सी फर ‘द’ प्रिभेन्सन अफ ब्लाइन्डनेसले नेपालमा पहिलो पटक सम्मेलन आयोजना गरेको हो । सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रममा आँखा स्वास्थ्यलाई समायोजन गर्ने बताउनुभएको छ ।

नेपालमा सन् २०२२ मा बच्न सकिने अन्धोपनको द्रुत मूल्याङ्कन पूरा भएको र यसले हाम्रा राष्ट्रिय प्राथमिकतालाई मार्गदर्शन गर्न सघाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्र रणनीतिक योजनामा सन् २०३० प्रभावकारी मोतियाविन्दु शल्यक्रिया कभरेज ४५ बाट बढाएर ७५ प्रतिशतसम्म गर्ने प्रतिबद्धता राखिएको जानकारी गराउनुभयो । इन साइट अफ लाइभ २०३० नामक सम्मेलनमा विश्वभरका अन्धोपन निवारण तथा आँखा स्वास्थ्य क्षेत्रमा कार्यरत आई.ए.पी.बी.का सदस्य संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २०८२ बैशाख १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस