२०८२ फाल्गुन २४ गते आइतवार | 2026 March 8th Sunday

साफ यु–१९ च्यापियनसिपमा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्दै

काठमाण्डौँ, २८ वैशाख । नेपालले साफ यु–१९ च्याम्पियनसिपको पहिलो खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । भारतको युपिस्थित गोल्डेन जुब्ली स्टेडियममा खेल नेपाली समयअनुसार ७ः४५ बजे हुनेछ । नेपाल श्रीलंका हालसम्म दुईपल्ट मात्रै प्रतियोगितामा आमुन्नेसामुन्ने भएका छन् । ती दुई खेलमा नेपालले अहिलेसम्म हार बेहोर्न परेको छैन । उपाधि जित्ने लक्ष्यसाथ भारत पुगेको नेपाली टोली यही लयलाई कायम राख्दै सुखद् सुरुआत गर्ने तरखरमा हुनेछ ।

प्रकाशित मिति : २०८२ बैशाख २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस