भारतीय स्टार ब्याटर विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यास घोषणा
काठमाण्डौँ, २९ वैशाख । भारतीय स्टार ब्याटर विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यास घोषणा गरेका छन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा उनले आफूले सन्यास लिएको घोषणा गरेका हुन् । ३६ वर्षीय कोहलीले सन् २०११ मा वेस्ट इन्डिजविरूद्ध टेस्ट क्रिकेटमा डेब्यू गरेका थिए । पहिलो र दोस्रो पारीमा उनले क्रमश : ४ र १५ रन बनाएका थिए ।
उनले अन्तिम टेस्ट खेल अष्ट्रेलियाविरूद्ध खेलेका थिए। जहाँ उनले पहिलो र दोस्रो पारीमा क्रमश: १७ र ६ रन बनाएका थिए । कोहलीले हालसम्म १२३ टेस्ट म्याच खेलेका छन् । जसमा ९ हजार २ सय ३० रन बनाएका छन् भने उनको औषत ४६. ८६ रहेको छ । कोहलीले टेस्टमा ३० शतक र ३१ अर्धशतक प्रहार गरेका छन् ।
प्रकाशित मिति : २०८२ बैशाख ३० गते सोमवार