२०८२ फाल्गुन २६ गते मङ्गलवार | 2026 March 10th Tuesday

म्यानमारमा ‘जुन्टा’ को हवाई आक्रमण : २० जना बालबालिका र २ शिक्षकको ज्यान गयो

काठमाण्डौँ, ३० वैशाख । म्यानमारमा जुन्टाले गरेको हवाई आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेहरुमा २० जना बालबालिका र दुई शिक्षक रहेका छन् ।

पछिल्लो आक्रमण ओइ थेइन क्विन गाउँको एउटा विद्यालयमा भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । ‘जुन्टा’ म्यानमारको सेना हो, जसले सन् २०२१ मा जननिर्वाचित सरकारलाई हटाएर शासन गर्दै आएको छ ।

म्यानमारमा सैन्य नेतृत्वले शासन गरिरहेको छ । पछिल्लो आक्रमणबारे जुन्टाले कुनै प्रतिक्रिया जनाएको छैन । गृहयुद्धको चपेटामा पर्दै आएको म्यानमारले गएको मार्च २८ मा ७ दशमलव ७ म्याग्निच्युडको भूकम्पपछि थप जटिल अवस्थाको सामना गर्दै आएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख ३१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस