२०८२ फाल्गुन २७ गते बुधवार | 2026 March 11th Wednesday

भारत र पाकिस्तानबीचको युद्धविराम पछि दुई देशका जनरल अफ मिलिट्री अपरेशन्सबीच वार्ता

काठमान्डौं, ३० वैशाख । भारत र पाकिस्तानबीचको युद्धविराम पछि दुई देशका डाइरेक्टर जनरल अफ मिलिट्री अपरेशन्स बीच वार्ता भएको छ । वार्तामा एक–अर्का देशविरुद्ध एक गोली पनि नचलाउने र कुनै पनि प्रकारको आक्रामकता सुरु नगर्नेबारे छलफल भएको छ । यस्तै सीमा क्षेत्र र अग्रमोर्चाबाट तत्कालै सैनिकको संख्या घटाउनेबारे छलफल भएको छ ।

दुवै पक्षले यी विषयहरु महसुस गरी निर्णय गर्ने सहमति भएको सुत्रहरुलाई उधृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । दुई देशबीच शनिबार युद्धविरामको सहमति भएको थियो । त्यसपछि आक्रमणका घटना नभए पनि दुवै देशले एकअर्काविरुद्ध आरोपप्रत्यारोप जारी राखेका छन् । यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अपरेशन सिन्दुर अन्त्य नभएको बताउनु भएको छ । उहाँले आतंकवादविरुद्धको कारबाही अपरेशन सिन्दुर स्थगित मात्र भएको बताउनु भयो । राष्ट्रका नाममा सम्बोधन गर्दै मोदीले आगामी दिनमा पाकिस्तानका हरेक कदम निगरानी गरिने उल्लेख गर्नुभयो ।

प्रकाशित मिति : २०८२ बैशाख ३१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस