२०८२ फाल्गुन २७ गते बुधवार | 2026 March 11th Wednesday

नेपाल क्रिकेट संघ क्यानको केन्द्रीय सम्झौतामा समावेश नहुने पूर्वकप्तान लामिछानेको भनाइ

काठमान्डौं, ३१ वैशाख । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले यसपटक नेपाल क्रिकेट संघ क्यानको केन्द्रीय सम्झौतामा समावेश नहुने घोषणा गरेका छन् । उनले आफ्नो धारणा सार्वजनिक गर्दै यो निर्णयलाई क्रिकेट वा राष्ट्रबाट टाढा हुने कदम नभई, व्यक्तिगत र पेशागत विकासतर्फको पाइला भएको बताएका छन् ।

उनले आफ्नो अनुभव र योगदानको माध्यमबाट अझ धेरै सिक्ने र दिन बाँकी रहेको उल्लेख गरेका छन् । पूर्वकप्तान लामिछानेले राष्ट्रिय टिमप्रतिको आफ्नो निष्ठा र क्रिकेटप्रतिको प्रेम कहिल्यै कम नहुने स्पष्ट पार्दै समर्पण र सपना सधैं देश र क्रिकेटसँग जोडिएको बताएका छन् । उनी केन्द्रीय सम्झौता अन्तर्गत ए वर्गमा समावेश भएका थिए ।

प्रकाशित मिति : २०८२ बैशाख ३२ गते बुधवार
प्रतिक्रिया दिनुहोस