२०८२ फाल्गुन २७ गते बुधवार | 2026 March 11th Wednesday

बेलायतमा शरण खोज्ने आप्रवासीको सङ्ख्या बढ्यो

काठमान्डौं, २ जेठ । बेलायतमा शरणार्थीको संख्यामा वृद्धि भएको सरकारी तथ्याङ्क सार्वजनिक भएको छ । जसमा आवेदन दिनेको संख्या बढेको छ । बेलायती प्रधानमन्त्रीले शरणार्थी फिर्ता केन्द्र खोल्न विभिन्न देशहरूसँग वार्ता सुरु गर्नुभएको छ । जसले बेलायतमा कानुनी बाटो नभएकाहरूलाई फिर्ता पठाउने योजना बनाएको छ । सन् २०२४ को अन्त्यमा शरणार्थी आवेदन तीन गुणाले बढेको थियो । तर अस्वीकृत दर पनि बढेको छ ।

बेलायतमा हालैका वर्षहरूमा शरण खोज्नेहरूको सङ्ख्या ह्वात्तै बढेको सरकारी तथ्याङ्कले देखाएको छ । आप्रवासनका लागि दिइएका दशौँ हजार आवेदनहरू अझै निर्णय हुन बाँकी रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ । बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले बेलायतमा रहनका लागि सबै कानुनी मार्गहरू समाप्त भएकाहरूका लागि बेलायतबाट बाहिर ‘फिर्ती केन्द्र’ हरू सिर्जना गर्न सकियोस् भनी विभिन्न देशहरूसँग औपचारिक वार्ता सुरु गरेको घोषणा गर्नु भएको छ ।

सन् २०२४ मा बेलायतमा शरण माग्नेको सङ्ख्या तीन गुणाले वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ । यसैबीच, सन् २०२५ मा करिब १३ हजार आप्रवासीले च्यानल पार गरिसकेका छन् । सन् २०२४ मा शरण माग्नेको सबैभन्दा ठूलो समूह पाकिस्तानबाट आएकाहरुको थियो ।

प्रकाशित मिति : २०८२ जेष्ठ २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस