२०८३ जेष्ठ ५ गते मङ्गलवार | 2026 May 19th Tuesday

आई.सी.सी. टी–२० विश्वकप एशिया छनोटमा नेपालले प्रवेश गर्यो ’सुपर–थ्री’ मा

काठमान्डौं, २ जेठ । नेपाली महिला टोली आई.सी.सी. टी–२० विश्वकप एशिया छनोटको ’सुपर–थ्री’ मा प्रवेश गरेको छ । आज हङकङ र बहराइनबीचको समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल धेरै जीतका आधारमा सुपर–थ्रीमा प्रवेश गरेको हो । नेपालले ४ खेलमा २ मा जीत, १ मा हार र १ मा नतिजा विहीन हुँदा ५ अङ्क जोडेको थियो ।

हङकङले ४ खेलमा १ मा जीत र ३ मा नतिजाविहीन हुँदै ५ अङ्क जोडेको छ । बहराइन भने ४ खेलमा २ मा बराबरी र २ मा हारसहित २ अङ्क जोडेर पुछारमा रहेको थियो । यसैबीच, महिला टी–२० विश्वकप एशिया छनोटमा सहभागी भएका ९ टोलीलाई ३ वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहको विजेता सुपर थ्री मा पुग्नेछन् । सुपर थ्रीको शीर्ष २ टोली ग्लोबल छनोटमा पुग्नेछन् । अब नेपालले सुपर–थ्रीमा ५ गते सोमवार यूएईसँग र ६ गते मङ्गलवार थाइल्यान्डसँग खेल्ने भएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस