२०८२ फाल्गुन २७ गते बुधवार | 2026 March 11th Wednesday

भारत विश्वको चौथो ठूलो अर्थतन्त्र भएको देश बन्दै

काठमान्डौं, ११ जेठ । भारत विश्वको चौथो ठूलो अर्थतन्त्र भएको मुलुक बनेको छ । अन्तराष्ट्रिय मुद्रा कोष आई.एम.एफ. को तथ्यांक अनुसार  भारतको नीति आयोगले यस्तो जानकारी दिएको हो । आयोगमा प्रमुख कार्यकारी अधिकृत बी.भी.आर. शुभ्रमन्यमले भारतको अर्थतन्त्र ४ ट्रिलियन अमेरिकी डलर नाघेको उल्लेख गर्नुभयोे । जसअनुुसार अब विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र क्रमशः अमेरिका, चीन र जर्मनीको रहेको छ । चौथोमा भारत आएको छ ।

यसअघि चौथो स्थानमा रहेको जापान पाँचौं स्थानमा झरेको छ । नीतिगत विचार मञ्चको १० औँ शासकीय परिषद् बैठकपछि बोल्दै उहाँले यो वृद्धिलाई घरेलु सुधार र विश्वव्यापी वातावरणको संयोजनलाई उपज भएको बताउनु भएको छ । यही गतिमा अघि बढे अबको अढाइदेखि तीन वर्षमा विश्वकै तेस्रो ठूलो अर्थतन्त्र बन्नसक्ने उहाँले बताउनु भयो ।

आई.एम.एफ.को तथ्यांक अनुसार अमेरिकाको अर्थतन्त्र अहिले ३०.५०७ ट्रिलियन अमेरिकी डलरको रहेको छ । त्यस्तै, चीनको १९.२३१ ट्रिलियन रहँदा जर्मनीको ४.७४४ ट्रिलियन अमेरिकी डलरको अर्थतन्त्र पुगेको छ । भारतको ४.१८७ ट्रिलियन डलर रहँदा जापानको ४.१८६ ट्रिलियन डलरको अर्थतन्त्र रहेको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस