पोखरामा डेङ्गी रोकथामका लागि तयारी सुरु
काठमाण्डौँ, २२ असार । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म ७३ जिल्लामा डेङ्गी रोगको सङ्क्रमण फैलिइसकेको छ । महाशाखाले यस वर्ष ६० हजारभन्दा बढीमा डेङ्गी सङ्क्रण हुने चेतावनीसहित सतर्कताका लागि अनुरोध गरिरहेको छ ।
साउनदेखि कात्तिकसम्म डेङ्गी सङ्क्रमणको जोखिम उच्च रहने भएकाले त्यसपूर्व नै सङ्क्रमण रोकथाम तथा व्यवस्थापनका लागि तीनै तहका सरकारले तयारी सुरु गरिसकेका छन् । गत वर्ष डेङ्गी सङ्क्रमणको ‘हटस्पट’ बनेको गण्डकी प्रदेश राजधानी पोखरामा पनि समुदायस्तरमा सचेतना र अभिमुखीकरण कार्यक्रम सञ्चालन भइरहेका छन् । पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले महानगरको लेखनाथ क्षेत्रमा फाट्टफुट्ट डेङ्गीको सङ्क्रमण देखिन सुरु भएको बताउनु भएको छ ।
प्रकाशित मिति : २०८२ असार २२ गते आइतवार