गाजाको राहत वितरण केन्द्रमा इजरायलको आक्रमण, ६ जनाको मृत्यु
काठमाडौँ , २५ जेठ । दक्षिणी गाजाको राहत वितरण केन्द्रमा इजरायलले गरेको बन्दुक आक्रमणमा ६ जना मारिएका छन् । घटनामा धेरै घाइते भएका छन् । शनिवार बिहानैदेखि खाद्यान्न लिनका लागि मानिसहरूको भिड लागेको समयमा गोली प्रहार भएको थियो ।
प्रत्यक्षदर्शीका अनुसार मानिसहरू राहत लिनका लागि हिँडेको समयमा नै आक्रमण भएको हो । इजरायलले भने आफूहरूमा खतरा भएको महसुस भएका कारण चेतावनी युक्त रूपमा बन्दुक पड्काएको जनाएको छ । बितेको एक सातामा मात्र इजरायली आक्रमणमा दर्जनौँको ज्यान गइसकेको छ भने सयौँ घाइते भएका छन् ।
प्रकाशित मिति : २०८२ जेष्ठ २५ गते आइतवार