२०८३ असोज ११ गते आइतवार | 2026 September 27th Sunday

डुङ्गा डुब्दा कंगोमा ५४ जनाको मृत्यु अन्य केही बेपत्ता

काठमाडौं, ३१ जेठ। उत्तरपश्चिमी प्रजातान्त्रिक गणतन्त्र कंगोको डुङ्गा डुब्दा कम्तीमा ५४ जनाको मृत्यु हुनुका साथै अन्य केही बेपत्ता भएका छन्। उत्तरी इक्वेटुर प्रान्तको तुम्बा तालमा बुधबार भएको उक्त दुर्घटनामा तीनवटा ठूला डुङ्गाहरू रहेका प्रान्तीय गृहमन्त्री क्रिस्पिन एमपुटु मोलियाले जानकारी दिए। ‘उद्धारमा संलग्न स्थानीय बासिन्दा डियु मर्सी अकुलाले मृत्यु हुनेको सङ्ख्या ५४ पुगेको बताए। डुङ्गाले इकोको–बोङिन्डा गाउँमा अन्त्येष्टिका लागि एक महिलाको शव र २०० भन्दा बढी मलामी बोकेको थियो ।

प्रकाशित मिति : २०८२ जेष्ठ ३१ गते शनिवार
प्रतिक्रिया दिनुहोस