मिलेनियम च्यालेन्ज कम्प्याक्ट एम.सी.सी.माथि लागेको प्रतिबन्ध हट्यो
काठमान्डौं, ५ असार । मिलेनियम च्यालेन्ज कम्प्याक्ट एम.सी.सी.माथि लागेको ९० दिनको प्रतिबन्ध हटेको छ । अमेरिकी दुतावासले यसको पुष्टी गरेको हो । मिलेनियम च्यालेन्ज कम्प्याक्ट अन्तर्गत नेपालको परियोजना जारी रहने वा नहुने विषयमा अन्योल देखिएको थियो । खासगरी गत अप्रिल अन्तिम साता अमेरिकी सरकारको डिपार्टमेण्ट अफ गभर्नमेण्टका प्रमुख एलन मस्कले एम.सी.सी.का विश्वव्यापी कार्यक्रम बन्द गर्ने निर्णय गरेपछि नेपालको एम.सी..सी परियोजनाको भविष्यमा अन्योल देखिएको थियो ।
तर, अमेरिकी दुतावासले पहिले लगाइएको प्रतिवन्ध हटेको संकेत गरेको छ । आज जारी गरेको प्रेस स्टेटमेन्टमा दुतावासले सन् २०२५ फेब्रुअरीमा अमेरिकी विदेशमन्त्रीले ९० दिनको वैदेशिक सहायता स्थगन नियमबाट नेपाल कम्प्याक्टलाई हटाइएको स्पष्ट पारेको छ । दूतावासका अनुसार उक्त छुट अन्तर्गत एम.सी.सी. नेपाल कम्प्याक्टको पूर्ण कार्यान्वयन अनुमति दिइएको छ ।