२०८२ फाल्गुन २४ गते आइतवार | 2026 March 8th Sunday

भारतको हिमाचलमा अचानक बाढी आउँदा दुई जनाकाे ज्यान गयाे कम्तीमा अन्य १० जना बेपत्ता

काठमाण्डौँ, १२ असार । भारतको हिमाचल प्रदेश राज्यमा बादल फाटेर अचानक बाढी आउँदा दुई जनाको ज्यान गएको छ । हिमाचल प्रदेशको काङ्गडा र कुल्लु जिल्लामा बादल फाटेर आएको बाढीपछि अन्य १० जना बेपत्ता भएका अधिकारीहरूलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्मयले जनाएका छन् ।

घटनास्थलको भ्रमणपछि उपायुक्त हेमराज बैरवाले राज्य विपद् प्रतिक्रिया बलका दुई टोली र गृहरक्षकहरूको एक टोली घटनास्थलमा खटाइएको जानकारी दिउनुभयो । उहाँले राष्ट्रिय विपद् प्रतिक्रिया बललाई पनि उद्धार प्रयासका लागि बोलाइएको बताउनुभयो । बाढीले धेरै घर, एउटा विद्यालय भवन, सडक र साना पुलहरूमा क्षति पुर्‍याएको खबरमा उल्लेख छ ।

प्रकाशित मिति : २०८२ असार १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस