२०८३ भाद्र २९ गते सोमवार | 2026 September 14th Monday

संयुक्त राष्ट्रसङ्घको अन्तरराष्ट्रिय सम्मेलन स्पेनमा सुरू

काठमान्डौं, १६ असार ।  संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तय’ सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन स्पेनको सेभियामा रहेको फेबिस प्रदर्शनी केन्द्रमा आजेदखि सुरू भएको छ । सम्मेलनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसहित विश्वका राष्ट्रप्रमुख तथा सरकारका प्रमुख र प्रतिनिधिहरू सहभागी भएका छन् ।

उद्घाटनसत्रमा स्पेनका नरेश फिलिप द्वितीय, स्पेन सरकारका अध्यक्ष प्रधानमन्त्र पेड्रो साञ्चेज, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसले सम्बोधन गर्नुभएको छ । उद्घाटनसत्रमा प्रधानमन्त्री ओलीका साथ प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका स्थायी प्रतिनिधि लोकबहादुर थापा, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल कुमार राज खरेल सहभागी हुनुहुन्छ ।

प्रकाशित मिति : २०८२ असार १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस