२०८२ चैत्र ११ गते बुधवार | 2026 March 25th Wednesday

थाइल्याण्डकी प्रधानमन्त्री सिनावात्रा निलम्बित, गठबन्धनको एक प्रमुख दलले साथ छोड्यो

काठमान्डौं, १७ असार ।  थाइल्याण्डको संवैधानिक न्यायलयले प्रधानमन्त्री पाइतोङ्गतार्न सिनावात्रालाई उनको पदबाट निलम्बन गरेको छ ।उनीमाथि कम्बोडियाका नेता हुन सेनसँग फोनमा कुराकानी गरेको आरोप रहेको छ । उक्त कुराकानीमा उनले थाई सेनाका कमान्डरको आलोचना गरेकी थिइन् ।

थाइल्याण्डमा यसलाई एक गम्भीर मामिला मानिन्छ, किनभने त्यहाँ सेनाको निकै ठुलो प्रभाव रहेको छ । यो कुराकानी बाहिरिएपछि देशभर आक्रोश फैलिएको थियो । अदालतले, बहुमतले प्रधानमन्त्रीलाई पदबाट निलम्बन गरेको जनाएको छ । अदालतले उनीविरुद्धको उजुरीमाथि छानबिन गरिने बताएको छ । यदि उनी दोषी ठहरिइन् भने उनलाई सधैँका लागि पदबाट हटाइन सकिनेछ ।

प्रधानमन्त्रीले आफूविरुद्धको नैतिकता उल्लंघनको मुद्दालाई स्वीकार गरेकी छिन् र अब छानबिन पूरा नभएसम्म उनले प्रधानमन्त्रीको रूपमा काम गर्न नपाउने भएकी छिन् । यस मामिलामा अन्तिम फैसला नआएसम्म उपप्रधानमन्त्री फुमथम वेचायाचाईले सरकारको नेतृत्व गर्नेछन् ।  गठबन्धनको एक प्रमुख दलले साथ छोडेको छ, जसले गर्दा गठबन्धनको बहुमत कमजोर भएको छ ।

प्रकाशित मिति : २०८२ असार १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस