२०८२ फाल्गुन २४ गते आइतवार | 2026 March 8th Sunday

सर्वसाधरणका लागि विकास हाइड्रोपावरको आईपीओ खुल्यो

काठमाण्डौँ, १८ असार । सर्वसाधारणका लागि विकास हाइड्रोपावरको प्राथमिक सेयर (आईपीओ) मा आजदेखि आवेदन खुलेको छ । बिक्री प्रवन्धक प्रभु क्यापिटलले एक सार्वजनिक सूचनामार्फत आईपीओमा आवेदन खुलेको जानकारी गराएको छ । कम्पनीले सर्वसाधारणका लागि २९ लाख ४२ हजार ७६० कित्ता सेयर निष्कासन गरेको हो ।

कम्पनीको जारी पूँजी ९० करोड ९१ लाख १ हजार ३ सय रुपैयाँ छ । यसअघि वैदेशिक रोजगारमा रहेका तथा आयोजना प्रभावित स्थानीयका लागि आईपीओ बाँडफाँट भइसकेको छ । न्यूनतम १० तथा अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । असार २२ गतेसम्म आईपीओमा आवेदन दिन सकिनेछ ।

सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था वा अनलाइन प्रणाली मेरोसेयरमार्फत आईपीओमा आवेदन दिन सकिने क्यापिटलले जनाएको छ । कम्पनीले इक्रा नेपालबाट बीबीबी माइनस रेटिङ पाएको छ । यो रेटिङ बी प्लसभन्दा तल्लो स्तरको हो । यसले कम्पनी दायित्व बहन गर्न मध्यमस्तरमा रहेको जनाउँछ । कम्पनीले गोरखा जिल्लाको धार्चेमा माथिल्लो माछाखोला साना जलविद्युत् आयोजना सञ्चालन गरेको छ ।

प्रकाशित मिति : २०८२ असार १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस