२०८३ जेष्ठ १२ गते मङ्गलवार | 2026 May 26th Tuesday

दक्षिण कोरियाको २१ औं राष्ट्रपतिमा लिबरल डेमोक्रयाटिक पार्टीका ली विजयी

काठमान्डौं, २१ जेठ ।  दक्षिण कोरियाको राष्ट्रपति निर्वाचनमा लिबरल डेमोक्रयाटिक पार्टीका ली जे म्युङ विजयी हुनु भएको छ । राष्ट्रिय निर्वाचन आयोगले ली कोरियाको २१ औं राष्ट्रपतिका रूपमा निर्वाचित भएको घोषणा गरेको हो ।  ली ले ४९ प्रतिशत मत प्राप्त गरेको र प्रमुख प्रतिद्वन्द्वी, पीपल पावर पार्टीका किम मुन–सू ले ४२ प्रतिशत मत प्राप्त गर्नु भएको थियो ।

यो निर्वाचन पूर्वराष्ट्रपति यून सुक योल को पद च्युत भएपछि सम्पन्न भएको हो । योलले आपतकालीन अधिकार प्रयोग गर्दै मार्शल ल लागू गरेपछि तीव्र जनविरोध भएको थियो, जसले उनको पदबाट बर्खास्तीको मार्ग प्रशस्त गरेको थियो । योलले सन् २०२२ को निर्वाचनमा लीलाई पराजित गरेका थिए ।

यस निर्वाचनमा नागरिकहरूको सहभागिता ७९ दशमलब ४ प्रतिशत मतदाता सहभागी भएका थिए। यो सन् १९९७ पछिकै सबैभन्दा उच्च सहभागीता हो । विजय प्राप्त गरेपछि राष्ट्रपति निर्वाचित लीले राजधानी सोलमा राष्ट्रिय सभाभन्दा बाहिर भेला भएका समर्थकहरूलाई सम्बोधन गर्दै राष्ट्रिय एकतामा आधारित शासन गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस