२५३७ मिटरकाे उचाइमा रहेको कुमाख लेखबाट देखिने दृश्य
सल्यान जिल्लाको कुमाख गाउँपालिका र सिद्ध कुमाख गाउँपालिकाको सिमानामा अवस्थित छ, मनोरम कुमाख लेख। समुन्द्री सतहबाट करिब २५३७ मिटरको उचाइमा रहेको यो स्थान प्रकृति प्रेमी र घुमन्तेहरूका लागि एक उत्कृष्ट गन्तव्य हो। यहाँबाट देखिने अनन्त हिमालका शृङ्खला, कुहिरोले ढाकेका उपत्यका, र हरियाली डाँडाहरूले जो कोहीलाई पनि मन्त्रमुग्ध पार्छ। याे लेक पर्यटकीय दृष्टिकोणले अत्यन्तै सम्भावना बोकेको लेक हाे ।




प्रकाशित मिति : २०८३ साउन २७ गते बुधवार