२०८३ असार २३ गते मङ्गलवार | 2026 July 7th Tuesday

सल्यान दुर्घटना अवडेट : गाडी मालिककाे मृत्यु, ८ जनाकाे नेपालगन्जमा उपचार

बैशाख ५, सल्यान ।

सल्यानकाे थारमारेमा भएकाे बस दुर्घटना परि घाइते भएकामध्ये एकजनाकाे मृत्यु भएकाे छ । घाइते भएका दाङको तुल्सिपुर उपमहानगरपालिका– ४ बस्ने गाडी धनि बर्ष ४६ का बिष्णु बिकको सल्यानबाट उपचारका लागि नेपालगन्ज लिदै गर्दा राप्ती प्रादेशिक अस्पताल तुल्सीपुर दाङमा चेकजाँच गर्ने क्रममा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

बुधबार राप्ती राजमार्ग अन्तर्गत सल्यानको बागचौर नगरपालिका–२ ठिङबाङ खोला पुलबाट बस खोलामा खसेर दुर्घटना भएकाे थियाे दाङको घोराहीबाट रुकुम पुर्व जाँदै गरेको तुल्सीपुर यातायात प्रालिको रा १ ख २०८५ नम्बरको बस अनियन्त्रित भई पुलबाट खस्दा २२ जना यात्रु घाइते भएका थिए ।

जसमा एकजनाकाे मृत्यु भएकाे छ भने १० जनाकाे अहिले उपचार भइरहेकाे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख नविन कार्कीले लेकाली अनलाइनलाइ बताए । ८ जनाकाे नर्सिंङहोम नेपालगञ्जमा र २ जनाकाे बागचाैरमा उपचार भैरहेकाे उनले बताए । बाँकी घाइते भने बागचाैरका स्थानीय पोलिक्लिनिकबाट डिस्चार्ज भइसकेका छन् ।

बस सडकबाट २० मिटर तल खसेको छ । बस अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रकाशित मिति : २०८१ बैशाख ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस