२०८३ जेष्ठ ५ गते मङ्गलवार | 2026 May 19th Tuesday

अहिलेकाे सरकार गलत बाटोमा हिडिरहेकाे छ : पुर्व परराष्ट्रमन्त्री साउद

जेठ २९, सल्यान ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्व परराष्ट्रमन्त्री एनपी साउथले अहिलेको सरकार सहि बाटोमा नहिडेको बताए ।

मंगलवार सल्यानको खलंगामा पत्रकार सम्मेलनमा बोल्दै साउथले चारैतिर गल्ती गरेका मान्छेहरुलाई संरक्षण गरेर कानुनी राज्यको खिल्ली उडाउदै गरेको बताए । सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री रबि लामिछानेलाई सरकारले जोगाएर आफै सकिने बाटोमा लागेको बताए ।उनले भने -” नयाँ होस् वा पुरानो जुनसुकै भएपनि गल्ती गर्ने कानुनी दायरामा आउनुपर्छ ।”

कांग्रेस अहिले प्रतिपक्षको भुमिकामा सशक्त ढंगले लागेको बताउदै साउथले व्यक्ति बिरुद्ध नभई समग्र सहकारी पीडितको न्यायको पक्षमा आवाज उठाएको बताए ।

उनले भने- “जसको बारेमा आरोप लागेको छ उसैको बारेमा छानबिन गरौं भन्दा सरकार गम्भीर नबनेर विषयान्तर गरि अटेरीपना देखाएको छ ।”

यसैबीच पुर्व परराष्ट्रमन्त्री समेत रहेका साउथले हमासको आक्रमणमा परि बेपत्ता भएका विपिन जोशीको रिहाईको लागि हमास सँग कुनैपनि देशको कुटनैतिक सम्बन्ध नरहेको बताए । उनले आफू परराष्ट्रमन्त्री हुँदा जोशीको रिहाइको लागि कतार सँग कुटनैतिक प्रक्रिया अगाडि बढाएकोमा सरकार फेरबदल भएको र अहिलेको सरकार गम्भीर नभएको बताए ।

प्रकाशित मिति : २०८१ जेष्ठ २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस