२०८३ जेष्ठ ५ गते मङ्गलवार | 2026 May 19th Tuesday

कालिमाटी गाउँपालिका ५ भयाे कर्णाली प्रदेशकै पहिलो पोषणमैत्री वडा घोषणा

जेठ ३१, सल्यान ।

सल्यानको कालिमाटी गाउँपालिका वडा नम्बर ५ लाई कर्णाली प्रदेशकै पहिलो पोषणमैत्री वडाको रुपमा घोषणा गरिएकाे छ । पोषणमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि, २०८० बमोजिम तोकिएका सबै सूचकहरु पुरा भएपछि विहीबार एक कार्यक्रमका बिच पोषणमैत्री वडाको रुपमा घोषणा गरिएकाे हाे ।

वडा नम्बर ५ स्थित बालुवामा भएकाे कार्यक्रममा पुर्व मन्त्री तथा प्रतिनिधि सभाका सदस्य प्रकाश ज्वालाकाे प्रमुख आतिथ्यतामा पोषणमैत्री वडा घोषणा गरिएकाे हाे । गाउँपालिका अध्यक्ष दान बहादुर केसीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य सुरेश अधिकारी, जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावल, उपप्रमुख असबिर बुढाथाेकी, कपुरकाेट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुन लगायतकाे उपस्थिति रहेकाे थियाे ।

संघीय सरकारले बनाएको नयाँ कार्यविधि अनुसार कर्णालीकै पहिलो र नेपालकाे दाेस्राे वडाकाे रुपमा पोषणमैत्री वडा घोषणा गाउँपालिका अध्यक्ष केसीले बताए ।

विभिन्न पोषणयुक्त खाना, सुत्केरी महिलाको स्याहार सुहार, हजार दिनका आमा र वच्चाको हेरचाहका साथै सरसफाईका विविध गतिविधि नियमित सञ्चालन भइरहेको वडामा करिव दुई वर्ष अगाडि थालिएको अभियानबाट पोषणमैत्री स्थानीय शासन कार्यान्वयनका लागि विभिन्न सुचांक पुरा भएको उनकाे भनाइ छ ।

पोषणमैत्री वडा घोषणाका लागि सल्यान जिल्लास्तरीय अनुगमन तथा सिफारिस समितिले स्थलगत अनुगमन संगै पालिकाका विभिन्न प्रतिवेदनहरु अध्ययन गरेर केही दिन अघि घोषणाका लागि सिफारिस गरेको थियो ।

पोषणमैत्री वडा घोषणा कार्यक्रममा स्थानीय र मौलिक कला संस्कृती, रिरिरिवाज झल्कने झाँकीहरुकाे समेत प्रस्तुती गरिएकाे थियाे ।

प्रकाशित मिति : २०८१ जेष्ठ ३१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस