२०८३ जेष्ठ ५ गते मङ्गलवार | 2026 May 19th Tuesday

सल्यानमा जंगली जनावरले मकै बालीमा पुर्याए ठुलाे क्षती

प्रविण वली, सल्यान ।

सल्यानमा जंगली जनावरहरु बस्तीमा पसेर मकै बालीमा ठुलाे मात्रामा क्षती पुर्याएका छन् । जिल्लाकाे छत्रेश्वरी गाउँपालिका ५ लेखपाेखराका विभिन्न गाउँ वस्तीमा जंगली जनावर बँदेल, बाँदर दुम्सी लगायतले मकै बाली नस्ट पारेका छन् ।

वनजंगल नजिक भएकाेले यस क्षत्रका बस्तीमा किसानले लगाएका मकै तथा अन्य बालीमा बर्सेनी जंगली जनावरीले क्षति पुर्याउने गरेका छन् ।

घाेगा लाग्रन नपाउदै मकै जंगली जनावरले नष्ट पारेपछि आफुहरु चिन्तित बनेकाे लेखपाेखरा नयाँगाउँका स्थानीय देविलाल भण्डारीले बताए । कडा मेहेनतका साथ हुर्काएकाे बालि रातिमा आएर बदेल र दुम्सीले खाने तथा दिउँसाे बाँदरले खाएपछि आफ्नो जिविकाे पार्जन कसरी चलाउने भन्ने चिन्ता लागेकाे उनकाे भनाइ छ ।

मकै बाली जाेगाउनकाे लागि आफुहरु रातभर जागरम बस्ने गरेकाे दियारगाउ उमलाल घर्तीले गुनासाे सुनाए । रातभर जागरम गरेपनि जंगली जनावरले कतिबेला खान्छ भन्ने पत्ताे समेत नहुने उनकाे भनाइ छ ।

मकै खेतीमा जनावरको क्षतिबारे किसानहरुकाे गुनासाेपछि वडा नम्बर ५ का विभिन्न स्थानमा बिहीबार छत्रेश्वरी गाउँपालिकाका उपाध्यक्ष बुद्ध कुमारी खत्री सहित वडाका जनप्रतिनिधि, सब डिभिजन वन कार्यालय छत्रेश्वरीका कर्मचारी, कृषि विकास शाखा प्रमुख, प्रहरी लगायतको टोलीले किसानको बारीमा पुगेर मकै बालीमा जंगली जनावर बँदेलले पु¥याएको क्षतिको बारे अवलोकन, अनुगमन गरेको छ ।

छत्रेश्वरी ५ नयागाउँ, दियारगाउँ लगायत विभिन्न बस्तीका १० जना किसानको मकै बाली क्षतिको प्रहरी मुचुल्का तयार संगै क्षतिको विवरण तयार गरिएको छ । मकै बालीमा क्षति व्यहोरेका किसानहरूलाई राहत उपलब्ध गराउनका लागि अनुगमन टोलीले सर्जिमिन मुचुल्का तयार गरेको हो ।

प्रकाशित मिति : २०८१ साउन २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस